टिकापुर घटनाको ६ वर्ष पुरा: पिडितले न्याय पाउने कहिले ?



विद्रोह दिवस २०७२ सालमा भाद्र ७ अर्थात आजकै दिन कैलालीको टिकापुरमा थारु समुदायले न्याय र अधिकारको लागि गरेको शान्तिपूणर् आन्दोलन गरेको ६ बर्ष पुरा भएको छ ।

राज्यद्वारा थारुहरु माथि बल प्रयोग गरि आन्दोलनलाई कमजोर बनाउन खोजेका कारण घटना घट्न पगेको थियो ।

सरकारले १६ महिना पछि घटनाको छानबिन गर्न समिति गठन गरेको थियो । छानबिन त गर्यो तर प्रतिबेदन सार्वजनिक गर्न आलटाल गरेका कारण अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन ।

प्रतिबेदन सार्बजनिक गर्न नसक्नु राज्यको कमजोरी भएको थारु आन्दोलनका अगुवाहरुले आरोप लगाएका छन् । जसले गर्दा पिडितले न्याय पाउन नसकेको बताएका छन् । जुन आन्दोलनमा कारण सांसद रेशम चौधरीलाइ दोषी ठहर गर्दै राज्यले कारागार चलान गरेको छ ।

चौधरीले गत चुनाबमा ३४ हजार ३४१ मत ल्याई विजयी पनि हुनुभयो । प्राप्त मतले चौधरीलाई भनी सक्यो टिकापुर बासिले निर्दोष सावित गरिसक्दा पनि यो घटना कस्ले घटायो र बर्दियामा रहेका रेशम चौधरी ,दाङमा रहेका लक्ष्मण थारु र खेतमा हलो जातिरहेका सोझा थारुहरु कसरी घटनामा सामेल बनाई कसरी दोषि बनाईयो ?

अब थारुहरु यस्ता खालका दमन र बिभेदबाट टाढा हुनु चाहाना हो यति गर्दा पनि भएन सरकाले सुनुवाइ गरेन । थारुहरुमाथि लगाइएका झुठ्ठा मुद्दा र मा.रेशम चौधरीलाई छोडिएन भने सरकारले गरेको दमनको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका थारुहरु दोस्रो टिकापुर घटना घटना घटाउन तयार छौँ ।

अब हामी शोषण दमनको प्रती रक्षा गर्न तयार छौँ । यस विषयमा हाम्रो घोर आपत्ति छ जिम्मेवार सरकार हुनुपर्छ ।

त्यस कारण टिकापुर घटना राज्यद्वारा घटाइएको घटना हो । यो राजनीतिक घटना हो राजनीतिक समस्याको समाधान राजनीतिक द्वारा यसको निकास खोजिनु पर्छ। यस विषयमा राज्यले गम्भीर रुपमा लिएर समस्याको छिटोभन्दा छिटो समाधान गर्नुपर्छ ।

लाल आयोगको प्रतिबेदन सार्वजनिक तथा थारुहरुमाथि लगाइएका झुट्ठा मुद्दा खारेज ,बिना कारण जेल जीवन बिताइरहेकामा रेशम चौधरीलाई बिना सर्त रिहाइ नगरेकोमा घोर आपत्ति समेत जनाएको छ । हाम्रो पहुँचबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्