कपिलवस्तु । कपिलवस्तु जिल्लाको पश्चिम तर्फ रहेको विजयनगर गाउँपालिका को विभिन्न वडाहरूमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी सयौँको सङ्ख्यामा नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
गाउँपालिका को वडा नं १ मा १ सय २५ जना , वडा नं २ मा ६० जना र वडा नं ५ मा १ सय ४५ जना ले नेपाली काँग्रेस र नेकपा माअाेवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमाले पार्टी मा प्रवेश गरेको जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण भण्डारीले बताउनु भयो ।
गाउँपालिका भित्र नेकपा एमाले पार्टी लाई विकास र समृद्धि को लागि सधैँ काम गरेको हुनले अरू पार्टी परित्याग गरी यश पार्टीमा आउँदै छन् ।
जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले नव प्रवेशीहरुलाई शुभकामना दिँदै सङ्गठनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । सङ्गठन विकासको मूल आधार भएकोले देशको समृद्धिका लागि हरेक तहबाट सबैको सहयोगको अपरिहार्य रहेको थापाले बताउनुभयो ।
यस्तै जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले पार्टीले सारेका नीति, सिद्धान्तलाई अँगाल्दै थप मजबुत बनाउन बताउनभयो । विभिन्न परिस्थितिलाई सामना गर्दै पार्टीलाई विश्वास गरेर पवेश गरेका सबैलाई एमालेले सहयोगकामा कुनै कमी नराख्ने र अहम भूमिका रहने बताउनुभयो ।
विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल थापा , उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी , वडा नं १ , २ र ५ का वडा अध्यक्षहरुकाे सक्रियता मा नेकपा एमाले पार्टीलाई राम्रो बनाउँदै छन् । गाउँपालिका भित्र पनि बिस्तारै बिस्तारै अन्य पार्टी परित्याग गरेर आउने क्रम चालिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।