जनकपुरधाम । धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको ह’त्या गरेका छन् ।
प्रहरीका अनुसार भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र ३५ वर्षीया श्रीमती अमरिका देवीको ह’त्या गरेका हुन् । सोमबार राति बुवा र श्रीमतीको हत्या गरी भागेश्वरले घर पछाडीको झाडीमा गाडेका थिए ।
ह’त्या गरेर बारीको झाडीमा उनले श’व गाडेको प्रहरीले जनाएको छ । ‘लामो समयदेखि बुवा र श्रीमतीबीच अनैतिक समबन्ध थियो । त्यसै कारणले घरमा विवाद हुँदै आएको भन्ने छोराले बयान दिएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।
बुवाले आफ्नो श्रीमतीसंग अनैतिक समबन्ध राखेका कारण दुबैको ह’त्या गरेको कुरा भागेश्वरले स्वीकारेको एक प्रहरी अधिकारीले जानकारी दिए । स्थानीयका अनुसार भागेश्वर एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।