काठमाडौँ । कोभिड-१९ सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिएको छ । आज बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले साबिककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले साबिककै निषेधाज्ञालाई अनुसरण गरिने बताएका छन् । साथै, राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियम भने तत्कालका लागि हटाइएको उनले बताएका छन् । आज उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यसअघि बेलुकी सवारी साधन सञ्चालन गर्न पाइने छ।
पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज बेलुकी सकिँदै थियो । साथै उनकाअनुसार तालिम सञ्चालन गर्नुपरे भौतिक रूपमा २५ जनासम्म उपस्थित भएर सञ्चालन गर्न दिइने निर्णय भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।