श्रीमान विदेश रहेका बेला श्रीमतीले परपुरुषसँगको सम्बन्धबाट बच्चा जन्माएर गरिन् ह’त्या



कैलाली ।  कैलाली जिल्लाको डिलाशैनी गाउँपालिका नम्बर ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको पासो लगाएर हत्या गरेकी हुन् । 

माधवीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीमा छन् । उनी सम्पर्कमा नरहेको प्रहरीको भनाइ छ । माधवीका १३ र ९ वर्षका दुई सन्तान छन् ।

अवैध सम्बन्धबाट गर्भ रहेकाले शिशुको हत्या गरेको उनको भनाइ छ । नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई खबर गरेका थिए । मकै बारीमा शिशु जन्माएको र जन्मिएलगत्तै केराको बोक्राले पासो लगाएर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनु भयो ।

गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्धबाट गर्भ रहेको थाहा पाएपछि आफन्तले शिशु ती युवाले जिम्मा लिनुपर्ने भन्दै आइरहेका थिए । ती युवकमाथि पनि छानबिन सुरु भएको प्रहरी निरीक्षक शाहीले बताउनु भयो । प्रहरीले अहिले शिशुको हत्या गर्ने महिलालाई पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्