सैघाली खबर
दाङ, ४ फागुन
दाङको घोराहीमा विहिबार देखि दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ मा आज शुक्रबार विभिन्न कलाकारहरुको प्रस्तुती रहने भएको छ ।
उद्योग, ब्यापार, कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास भन्ने नाराको साथमा सुरु भएको महोत्सबमा आज शुक्रबार पनि दाङका र बाहिरबाट आएका कलाकारहरु चन्द्र शर्मा ,पिताम्वर रिजाल , राजा राजेन्द्र,राधिका हमाल ,देवेन्द्र बस्नेत ,कमल गाँउले , जीवन शर्मा र रिता के सीको प्रस्तुती रहने सास्कृतिक संयोजक मिनराज भार्टले जानकारी दिनुभएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।