सिरहा लहान ८ भदौ – सिरहाको लहान लगायत मुलुकका विभिन्न सहरहरूमा गाई जात्रा पर्व मनाइँदै छन्। सिरहाको लहानमा ब्लुडाईमनड सोसाइटी लहानद्वारा भबिब्य रूपमा गाई जात्रा कार्यक्रमको आयोजना गरेको थियो।
जीवन ज्योति समाज र ब्लुडाईमनड सोसाइटी लहानको प्रतिनिधिहरूको उल्लेखनीय कार्यक्रममा सहभागिता रहेको ब्लुडाईमनड सोसाइटी सिरहाको कार्यक्रम संयोजकले जानकारी दिनु भयो ।
सिरहाका सम्पूर्ण यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले एक ठाउँमा भेला भएर आफ्नो दुःख सुखको कुरा एक अर्कामा शेयर गर्दै नयाँ वस्त्र धारण गरेर गाई जात्राको कार्यक्रममा सहभागी भई रमाउने गरेका छन् ।
राज्यको सेवा सुधाबाट बन्चितकरणमा परेका यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले समाजबाट निकै नै पीडित रहेका छन्।गाई जात्रा कार्यक्रममा सयौँको सङ्ख्यामा उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम कोरोना कहरको मध्य नजर गर्दै राज्यले निर्धारण गरेको नितिनियमको पालना गर्दै माकस,सेनिटाईजर प्रयोग गरी सामाजिक दुरी कायम गरी कार्यक्रम गरेको हो। कार्यक्रममा सम्पूर्ण सहभागीहरूलाई प्रति व्यक्ति मास्क भेस्ट र ब्याग,झोला, वितरण गरेका थिए।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका प्रतिनिधि र महिला मानव अधिकार कर्मी श्याम कुमारी साह ,रेनु कर्ण गिता साह शान्ति राम र विभिन्न मिडियाका संञ्चारकर्मिहरु महेश सिंह, सञ्जय विश्वकर्मा,अनिल चौधरी लगायतका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
ब्लुडाईमनड सोसाइटी लहानको कार्यालयबाट निकालिएको गाई जात्रा कार्यक्रमको रयाली लहानको पूर्व पश्चिम राजमार्ग हुँदै लहान नगर पालिकाको सम्पूर्ण मुख्य चौकहरू परिक्रमा गरी रयाली पर्दशन गरेका छन्।रयाली कार्यक्रममा सिरहाका विभिन्न संस्थाका बुद्धि जीवी र पदाअधिकारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
यौनिक लैङ्गिक समुदायका व्यक्तिहरूले विभिन्न रङ्गको लुगा कपडा लगाई दुलही र बेउली जस्तै सिँगारिएर गाई जात्रा कार्यक्रममा रमाएका थिए। उक्त कार्यक्रम हेर्दा सिरहाका लहान बजारका ठुला-ठुला व्यक्तिहरूलाई ध्यानाकर्षण गराउँदै मन मोहित गरेका ब्लुडाईमनड सोसाइटीका अध्यक्ष रामजनक रायले जानकारी दिनु भयो ।
ब्लुडाईमनड सोसाइटी कार्यालयले विगत १८ वर्ष देखि गाई जात्रा कार्यक्रम देश व्यापी रूपमा मनाउने गरेका छन्।प्रत्येक वर्ष गाई जात्राको दिन यो पर्वलाई प्राथमिकताको साथ यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले दुलही, बुउली झै सिँगारिएर कार्यक्रममा रमाउने गरेका छन् ।
गाई जात्रा मनाउँदा आफ्ना दिवङ्गत आफन्तको सम्झनामा गाइको अनुहार र गणेशको चित्र अङ्कित गरी सहर परिक्रमा गर्ने परम्परा छ।गाई पाल्नेहरूले गाइलाई सिङारेर बजार परिक्रमा गराउँछन्।
नेवारी भेषभुषा र विभिन्न आकृतिको मखुन्डो लगाएर बाजा गाजासहित नाचगान गर्ने चलन छ।यो चलन प्रताप मल्लका छोरा चक्रप्रतेन्द्र मल्लको मृत्युपछि सुरु भएको इतिहास छ। छोराको निधनपछि शोकमा डुबेकी रानीलाई सहरमा वर्ष भरी कति जनाको आफन्तको मृत्यु भयो र कति जना शोकमा छन् भनी सान्त्वना दिन यो जात्राको सुरु गराएको विश्वास गरिन्छ।
गाई जात्रा पर्वलाई समाजमा व्याप्त विकृति र विसङ्गति विरुद्ध व्यङ्ग्य गने पर्वका रूपमा पनि लिइन्छ। गाई जात्रा विशेष गरी नेपालको नेवार समुदायले मनाउने पर्व हो।काठमाडौँ उपत्यका लगायत विभिन्न स्थानमा बस्ने नेवार समुदायले आफ्ना मरेका आफन्तजनको सम्झनामा गाई जात्रा पर्व मनाउने गरेका छन्।
यो समुदायमा आफ्ना दिवङ्गत आफन्तको सम्झनामा गाई जात्रा पर्व मनाउँदा दिवङ्गत आत्मा सजिलै स्वर्ग पुग्न सक्ने जनविश्वास पाइन्छ।विगतमा हास्य व्यङ्ग्य कलाकारहरूको समूहले गाई जात्राको अवसरमा व्यङ्ग्यात्मक कार्यक्रमहरू आयोजना गरेको आयोजकले जानकारी दिनु भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।