अखिल नेपाल महिला सङ्घको विस्तारित बैठक लमहीमा सम्पन्न



दाङ । अखिल नेपाल महिला सङ्घ लमही नगर समितिको विस्तारित बैठक मङ्गलवार लमहीमा सम्पन्न भएको छ । 

नगर समितिका अध्यक्ष गोमा बस्नेतको अध्यक्षता तथा नेकपा एमालेका नेता, प्रतिनिधि सभा सदस्य गङ्गा थारुको प्रमुख आतिथ्यमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै थारुले महिला अधिकार संविधानमा सुनिश्चित भएको तर, कार्यान्वयनकाे लागि अझै खबरदारी आवश्यक रहेको बत्ताइन ।

महिलाहरूमा जब सम्म राजनीतिक चेतना हुँदैन । तबसम्म दबिएर बस्नुपर्ने हुन्छ । राजनीतिक चेतना र समाज रुपान्तरणकाे लागि हामी अघि बढ्नुपर्छ उनले भनिन्-`सही र गलत के हो भनेर छुट्याउन सक्नुपर्छ । मुलुकको विकासको लागि एमाले पार्टी मूल शक्ति हो ।´

नेकपा एमालेका नेता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले भ्रमको खेतीलाई चिर्नुपर्ने बताए । बैठकलाई नेकपा एमाले सङ्गठन कमिटीका अध्यक्ष दण्डीराम चाैधरी,जिल्ला सदस्य वेदनिधि धिताल, जिल्ला सदस्य सुशीला शर्मा लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । भगवता बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन लक्ष्मी शर्माले गरेकी हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्