जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा रिहा



भैरहवा । जबरजस्ती करणी उद्योगको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई रुपन्देही जिल्ला अदालतले ५ लाख ५० हजार धरौटी बुझी रिहा गरेको छ । आज रुपन्देही जिल्ला अदालतका न्यायधिश मात्रिका प्रसाद मरासिनीको इजलासले धरौटी रकम लिई शुक्ललाई रिहा गरेको शुक्लका कानुनी सल्लाहकार सुनिल त्रिपाठीले जानकारी दिए ।

शुक्ल बिरुद्ध उनकै गाउँपालिकाकी एक महिलाले जबरजस्ती करणी उद्योगमा जाहेरी दिए पछि रुपन्देही प्रहरीले साउन २८ गते उनलाई हिरासतमा लिएको थियो । प्रहरी हिरासतमा बसेको १३ औँ दिनमा शुक्ल छुटेका हुन् । थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मङ्गलवार शुक्ललाई धरौटीमा छाड्न आदेश गरेको थियो ।

शुक्लाको तर्फबाट कानुन व्यवसायी धर्मराज खड्का, साविर खाँन, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए । शुक्ल रिहा हुने खबर पाएर अदालत परिसरमा उनका समर्थकको ठुलो भिड जम्मा भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्