आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ भाद्र ०९ गते (बुधवार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,२, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।
२०७८ भाद्र १० गते (बिहितबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, २, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भाद्र ११ गते (शुक्रबार)
दिउँसो: देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरूका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।