शेर्पा समुदायले आज ग्याल्बो ल्होसार मनाउँदै



सैघाली खबर
काठमाडौं,४ फागुन

नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँवर्ष) आज विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।भोट भाषाको दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँवर्ष सुरु हुन्छ ।

आफूहरुको संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुने जानकारी दिदै शेर्पा संस्कृति विद् टीका शेर्पाले बालकजुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन गरिने बताउनुभयो । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमा  विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्