टप फिचर

“कुर्सी अधिवेशन कि महाधिवेशन !”

By Thah Online

August 25, 2021

जब राति बूढी ताती भने झैँ  बेलान कुबेला बजिनला नेपाली काङ्ग्रेसको महाधिवेशन गर्ने भन्ने कुरो आकाशवाणी भयो । देश र जनताको निम्ति प्रजातन्त्रको निम्ति यो शरीरमा प्राण भरे जस्तै नै हो भन्दा दुई मत नहोला। देशको ठुलो एक मात्रै प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको यो एउटा कुम्भ मेला जस्तै नै हो।

देश गणतन्त्रमा गएपछिको यो पहिलो चुनाव हो त्यसैले यो चुनावलाई विशेष महत्त्वका साथ हेरिँदै छ भनी रहेका छन् राजनीतिका पण्डितहरू। बि पी को विचार बोकेको यो पार्टीको हरेक क्रियाकलापलाई नजिकैबाट निहालिरहेका हुन्छन् देशीविदेशीहरु। जुनसुकै कुरो पनि नयाँ भन्ने बित्तिकै आहा ! कस्तो नै होला के होला भनेर सबैको मनमा खुल्दुलीको बादल मडारिनु स्वाभाविक नै हो । देशमा भएका ठूल्ठूला परिवर्तन देखि छिमेकी मुलुक भारतमा बाट अङ्ग्रेजहरू भगाउनमा नेपाली काङ्ग्रेसले खेकेको भूमिकाको महत्त्व इतिहासमा सुनौलो अक्षरले लेखिएको कुरा तपाई हाम्रा सामु छिपेको छैन। देशमा भएका हरेक परिवर्तनमा नेपाली काङ्ग्रेसले अहम् भूमिका खेलेको छ। चुनाव हुनु आफैमा सुखद कुरो हो । नेतृत्व मात्रै परिवर्तन भएर केही हुनेवाला छैन। नवीन विचार नवीन सोच नवीन जोस जागर हुनु जरुरी छ ।      

सधै झै यो अधिवेशन नेतृत्व चयन गर्ने मात्रै नबनेर नीतिको बारेमा छलफल हुनु जरुरी छ । त्यसको लागि गाउँ गाउँ टोल टोलमा नेपाको होइन नीतिको छलफल हुने वातावरण के बन्ला त?  यी गुटका धारहरू जबसम्म नीतिको बहस हुँदैन तब सम्म जीवित नै रहनेछन् जसमा दुई मत छैन । यो खालि अधिवेशनको लागि मात्रै अधिवेशन कुर्सी पाउनको लागि मात्रै कुर्सी अधिवेशन नबनोस्।के विचारको मन्थन गर्न वर्तमान अवस्था सहज छ त ?  पुरानो रक्सी नयाँ बोतलमा भएर बजारमा ल्याए भन्दा के भिन्न होला त? के कार्यकर्तालाई पूर्ण कालिन बनाउनु नपर्ने नै हो त? तिनको जीविकोपार्जन तर्फ नेतृत्वले ध्यान दिने कि नदिने ? बिना तेलको गाडी कसरी चल्छ त ? यावत कुराहरूको हल यो अधिवेशनले गर्नु पर्छ। नेपाली काङ्ग्रेसको अबको अर्थ नीति के हो त स्पष्ट रूपमा खाका कोरिनु पर्छ। 

बि पी को विचार व्यवहारमा लागु गर्ने कि नगर्ने ? बि पी ले भने झैँ प्रत्येक नागरिकको आफ्नो निजी घर होस् जोत्ने हल गोरु होस भकारी भरि अन्न होस गरिबका छोराछोरी पनि विद्यालय पढ्न जान सकुन् आदिका बारेमा के छलफल हुनु जरुरत छैन ? समग्रमा हेर्दा यो महाधिवेशन नै हो कि त कुर्सी अधिवेशन? तमाम कुरोको हल कार्यकर्ता र जनताले मागेका छन् । धन्यवाद।