सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा



सैघाली खबर
काठमाडौं,४ फागुन

सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेको छ । पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री केपीशर्मा ओलीले सात सय ५३ स्थानीय तहमै प्राविधिक शिक्षालय स्थापनाको घोषणा गर्नु भएको हो ।

प्राविधिक शिक्षातर्फ ३० र प्राज्ञिक शिक्षा तर्फ ३० प्रतिशत बनाउने बाम गठबन्धनको चुनावी घोषणा पत्र अनुसार प्रधानमन्त्री ओलीले सिसिइभिटी मार्फत सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनागर्ने योजना सार्वजनिक गर्नु भएको हो । दुई वर्षभित्रमा संघीय संसद्भवन स्थापनागर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता रहने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्ने, आर्थिक समृद्धिमा ध्यान केन्द्रित गर्ने, राष्ट्रिय पुँजीनिर्माण र विदेशील गानी भित्र्याउने योजनामा कटिबद्ध रहने बताउनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्