काठमाडौँ । महन्थ ठाकुर समूहका नेताहरु पनि दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य र सांसदहरू चन्द्रागिरि रिसोर्टबाट सिधै निर्वाचन आयोग पुगेका हुन् ।
एमालेबाट फुटेर नयाँ दल बनाएका उनीहरुलाई आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ ।
नयाँ पार्टी दर्ताका लागि केन्द्रीय कमिटी वा सङ्घीय संसदीय दलमा २० प्रतिशत हुनुपर्छ । नेपाल पक्षले साबिक नेकपा (एमाले)मा केन्द्रीय सदस्य रहेका ६० जना र ३१ सांसद आफ्ना पक्षमा रहेको दाबी गरेको छ । नयाँ पार्टी दर्ताको निवेदन दिँदै ती सबैको हस्ताक्षर नभएकाले आयोगले थपिएका सबैको सनाखत भने लिने छैन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।