काठमाडौँ । झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता लागि निर्वाचन आयोगले सनाखत गर्न बोलाएकोमा खनालले नयाँदिल्लीबाटै सनाखत गरेका हुन् ।
उपचारका क्रममा नयाँदिल्लीमा रहेका खनालले नेपाली राजदूतावास पुगेर सनाखत गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बताए ।
निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले भने, “जेएन कमरेडले दिल्लीस्थित दूतावासबाट सनाखत गर्नुभएको छ ।”
एकीकृत समाजवादीको केन्द्रीय सदस्यको सूचीमा खनालको नाम पनि छ । उनी उपचारका लागि एक महिनादेखि नयाँदिल्लीमा छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।