सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको यात्रु बस दुर्घटना : १८ जना घाइते, दुई बेपत्ता



काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। बुधवार बिहान उक्त बस सुनकोसी गाउँपालिका ३ कालिका नजिकै दुर्घटना भएको हो । उक्त बस सडकबाट करिब ३० मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले दिएको जानकारी अनुसार  काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको बस दुर्घटना हुँदा बसमा सवार दुई बेपत्ता भएको छ भने १८ जना घाइते भएका छन् । बसमा सवार मध्ये दुई जनाको बस भित्रै च्यापिएर मृत्यु भएको र उनीहरूलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । 

घाइते मध्ये  १५ जना उपचारका लागि धुलिखेल र तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौर लगिएको प्रहरीले जानकारी दिएको छ ।  दुर्घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्