गायिका विष्णु माझीले गाउने गीत प्राय : हिट हुने गरेका उदाहरण नै छन् । गायिका विष्णु माझीले अहिलेको तिजको अवसर परेर ल्याएको नयाँ गीत ‘चरी जेलैमा’ ले पनि राम्रो चर्चा बटुल्न सफल भइरहेकी छिन ।
२४ घण्टामै १ मिलियन भ्यूज कमै भिडिओलाई प्राप्त हुने गर्छ । सार्वजनिक जीवनबाट गुमनाम गायिका विष्णु माझीको नयाँ गीत रिलिज भएपछि सामाजिक सञ्जालमा यसले निकै चर्चा बटुलेको थियो । उक्त गीतमा विवाहित चेलीको वेदना प्रस्तुत गरिएको र खराब श्रीमानको कारण चेलीले पाउने पीडाहरूलाई गीतमा व्यक्त गरिएको छ । ललिता पौडेलको मुख्य भूमिका रहेको भिडियो मा सुन्दर मणि अधिकारी को पनि भूमिका रहेको छ शम्भु चालीसे ले खिचेको उक्त भिडियोको सम्पादक सुजन शाही हुन्
तीज नजिकिँदै गर्दा यो गीत युट्युबदेखि टीकटकमा निकै रुचाइएको छ । युट्युबमा पछिल्लो २४ घण्टा (मङ्गलवार बिहान ६ बजेदेखि बुधवार बिहान ६ बजेसम्म) मा १० लाख पटक हेरिएको छ । गीतमा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा सङ्गीत छ । गीतका शब्दहरू सरल र मार्मिक छन् जसले श्रोताको ध्यान खिचेको छ ।
गत वर्ष उनको स्वरमा ‘पुतलीको भट्टी’ भाग १६ ‘नदिया सल सल’ सार्वजनिक गरिएको थियो । आफ्नै लगानीमा सञ्चालनमा रहेको सपना म्युजिक इन्डष्ट्रिजको प्रस्तुति रहने ‘पुतलीको भट्टी’का अधिकांश भागमा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीकै शब्द तथा सङ्गीत रहने गरेको छ । भने पछिल्ला भिडियोलाई सुन्दरमणी स्वयंमले निर्देशन पनि गर्दै आएका छन् । यस वर्षको ‘पुतलीको भट्टी’मा सुन्दरमणी शब्द, सङ्गीत र निर्देशन छ ।
नेपाली साङ्गीतिक क्षेत्रमा सर्वाधिक चर्चित गायिकाका रूपमा परिचित विष्णुले तीज गीतको धेरै भागमा स्वर दिने गायिकाका रूपमा पनि अलग्गै रेकर्ड राखेकी छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।