ओलीले उद्घाटन गरेका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न देउवाको निर्देशन



प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री  शेरबहादुर  देउवाको  अध्यक्षतामा  बुधवार  बसेको  राष्ट्रिय  पुनर्निर्माण  प्राधिकरणको  २०औँ  निर्देशक  समितिको  बैठकमा  प्राधिकरणका  पदाधिकारीलाई उनले यस्तो निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर काम अझै बाँकी रहेका आयोजनाको  काम  प्रभावकारी  ढङ्गले  सञ्चालन  गर्न  र  त्यसका  लागि  सरकारले  सबै  किसिमको  सहयोग  गर्ने  बताए ।

बैठकले  २०७२  साल  वैशाख  १२  गतेको  महाभूकम्पले  क्षति  पु¥याएको  भौतिक संरचना पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण  प्राधिकरणले  आफ्नो  जिम्मेवारी  सम्बद्ध  निकायलाई  हस्तान्तरणमा  लैजाने  निर्णय  भएको  जानकारी  प्रधानमन्त्री  कार्यालयका  उपसचिव  बद्री  तिवारीले  दिए  ।

बैठकपछि  प्राधिकरणका  प्रमुख  कार्यकारी अधिकृत सुशील ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै बाँकी रहेका पुनर्निर्माणका कार्यहरू सम्बन्धित मन्त्रालयमार्फत गरिने निर्णय पनि भएको छ । उनका अनुसार विपत् व्यवस्थापनसँग सम्बन्धित कामहरू  राष्ट्रिय  विपत्  जोखिम  न्यूनीकरण  तथा  व्यवस्थापन  आयोजनाबाट  समन्वय,  अनुगमन  तथा  व्यवस्थापन गरिने भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्