२० महिनापछि ओली फेरि सिंहदरबार



सैघाली खबर,
काठमाडौँ, ४ फागुन । प्रधानमन्त्रीको पहिलो कार्यकालमा सत्ता सहयात्री दलबाटै अनपेक्षित नतिजा बेहोर्नुभएका नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीमा दोस्रो ‘इनिङ’ सुरु भएको छ । सत्ताबाट बाहिरिएको २० महिनापछि ओली प्रधानमन्त्रीका रूपमा फेरि सिंहदरबार पुग्नुभएको हो ।

राजनीतिका सम्भावना र विकल्पबीच बनेको वाम गठबन्धनको चुनावी नतिजापछि नेकपा ९माओवादी केन्द्र०को समर्थनमा नै ओली प्रधानमन्त्री बन्नुभएको हो । संयोग त यसअघि अविश्वास प्रस्तावको प्रस्तावक पनि माओवादी केन्द्र नै थियो, अहिले प्रधानमन्त्री बनाउने समर्थक पनि माओवादी नै छ ।
छिमेकी भारतको अघोषित नाकाबन्दीबीच प्रधानमन्त्री हुनुभएका ओली त्यसबीचका केही रणनीतिक र राजनीतिक निर्णयबाट प्रशंसित हुनुहुन्छ । तर, संविधान जारीपछि मधेसकेन्द्रित दलका विषयमा गरेका टिप्पणीबाट भने ओली केही आलोचितसमेत हुनुहुन्छ ।
वि।सं। २००८ फागुनमा तेह्रथुममा जन्मिनुभएका ओली प्रधानमन्त्री हुनुअघि गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री भइसक्नुभएको छ । राजनीतिसँग उहाँको अनुभव २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यतासँगै जोडिएको छ । वर्गीय मुक्तिका लागि भन्दै सुरु गरिएको झापा विद्रोहका प्रमुख मध्येका ओली एक
पात्र हुनुहुन्छ ।
पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा राज्य विप्लवको आरोप लागेपछि ओलीले १४ वर्ष जेल बिताउनुभएको थियो । झापामा प्रारम्भिक शिक्षा लिनुभएका ओलीले २०२८ सालमा एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएको छ । भूमिगत जीवनशैलीका कारण त्यसयता उहाँले औपचारिक शिक्षालाई निरन्तरता दिनुभएन ।
वि।सं। २०४८, २०५१ र २०५६ का आमनिर्वाचनमा झापाबाट निर्वाचित ओली २०६४ को संविधानसभा सदस्य निर्वाचनमा भने पराजित हुनुभएको थियो । चार वर्षअघि २०७० मा झापा ७ बाट निर्वाचित हुनुभएका उहाँ पार्टीको नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । ओली गत संविधानसभा÷संसद्मा संसदीय दलको नेता हुनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्