साना किसान कृषि सहकारीको व्यवस्थापन हस्तान्तरण



सिसहनिया(देउखुरी दाङ) । राप्ती गाउँपालिका क्षेत्रमा कार्यक्षेत्र बनाउँदै आएका २ साना किसान कृषि सहकारीलाई व्यवस्थापन हस्तान्तरण गरिएको छ ।
उरहरी दाङमा केन्द्रीय कार्यालय रही राप्ती गाउँपालिकाको वडा न १, २, ३ र ४ लाई कार्यक्षेत्र बनाई काम गर्दै आएको लालमटिया साना किसान कृषि सहकारी संस्था र वडा नं ५, ६, ७ र ८ लाई कार्यक्षेत्र बनाई काम गर्दै आएको सिसहनिया साना किसान कृषि सहकारी संस्थालाई  पुणर् जिम्मेवारी सहित व्यवस्थापन हस्तान्तरण गरिएको हो ।

साना किसान कृषि सहकारी संस्था उरहरीका अध्यक्ष लोकराज आचार्यको अध्यक्षता तथा नेपाल कृषि संघ तथा साना किसान विकास बैकका अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आथित्यता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको विशिष्ट आथित्यतामा २ साना किसान कृषि सहकारीको व्यवस्थापन हस्तान्तरण गरिएको छ ।

सिसहनिया साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष विष्णु गुरुङ तथा लालमटिया साना किसान कृषि सहकारी संस्था अध्यक्ष लाई सहकारीको व्यवस्थापन पक्ष हस्तान्तरण गरिएको हो ।

साना किसान कृषि सहकारीको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा २ सहकारीको वार्षिक प्रगति प्रतिवेदन साथै आगामी वार्षिक रणनीति समेत प्रस्तुत गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्