एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ मृत भेटिए



विराटनगर । प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुने तयारीमा रहेका एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ राम आचार्य मृत भेटिएका छन् ।

सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरभित्र शव भेटिएको प्रहरीले जनाएको छ । आचार्यको शव घरमै भेटिएको स्थानीयले जानकारी दिए ।

५९ वर्षिय राम आचार्य भिम आचार्यका कान्छा भाइ हुन् । उनी उच्च रक्तचाप र मधुमेहका साथै डिप्रेसनबाट समेत पिडित रहेको बताइएको छ । उनी नेकपा एमालेका पहिलो इनूवा नगर कमिटी सचिव र इन्सेकको मानवअधिकार वर्ष पुस्तक प्रतिनिधिसमेत भएका थिए ।  प्रहरी स्रोतका अनुसार उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्