शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा



काठमाडौँ ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राईले राजीनामा बुझाएका हुन् । राई र आचार्य दुवै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

राईले दलको नेताबाट राजीनामा दिए लगत्तै एमालेको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य मुख्यमन्त्री बन्दै छन् । आचार्यलाई आजै मुख्यमन्त्री बनाउने एमालेको तयारी रहेको रहेको छ ।

काठमाडौँमा रहेका मुख्यमन्त्री राई आचार्यका लागि मार्ग प्रशस्त गर्न बिहानै जहाजबाट विराटनगर गएका थिए ।    २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएको थिए ।

आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका बहुसङ्ख्यक माधव पक्षीय सदस्यहरू एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्