युरोप पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प’क्राउ



काठमाडौँ  ।  युरोप  पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भई काठमाडौँ महानगरपालिका- कोटेश्वर बस्ने ३३ वर्षीय पोश बहादुर सुनुवारलाई बुधवार काठमाडौँको कोटेश्वरबाट अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो  ।

उनले काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइदिन्छु भनी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको अभियोग छ ।

युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरूसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ३२ बस्ने भएका लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका  सुनुवारलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्