काठमाडौँ । भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरूप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।
अक्सिजन प्लान्ट ग्रहण गर्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे । उनले भारत सरकारको यस सहयोगले अक्सिजनको अभावलाई पूर्ति गर्ने बताए ।
अहिले सरकारले खोपलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । उनले १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको दोस्रो मात्रा लगाइसकिएको बताए ।
त्यसको अलावा कोभिड १९ नियन्त्रणको लागि भारत सरकारले विशेष गरेर हामीलाई खोप सहयोग उपलब्ध गराइदिएर र धेरै सामग्रीहरू कोभिड १९ का लागि औषधि लगायत धेरै चिजहरू कोभिड १९ नियन्त्रणका लागि ठुलो सहयोग उपलब्ध भएको छ । उनले कोरोनाको महामारी नियन्त्रणका लागि भारत सरकारले सदैव नेपाल सरकारलाई सहयोग गर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।