गाउँपालिकास्तरिय उपभोक्ता समितिको अध्यक्षमा हिरा नेपाली चयन



हापुरे । बबई गाउँपालिकास्तरिय उपभोक्ता समितिको अध्यक्षमा हिरा नेपाली चयन हुनुभएको छ । बबई कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत आज हापुरेमा भएको भेलाले नेपालीको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा लिलाकुमारी वली, सचिवमा हेमा बिक र कोषाध्यक्षमा हिमा भण्डारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा राजकुमारी वली डाँगी, सुप्रिया रोकाय, जानकी खड्का, चेतना चौधरी, झमारा सार्की, मानकुमारी केसी, श्यामप्रकाश चौधरी र हिरालाल खड्का चयन हुनुभएको छ ।

बबई गाउँपालिका, हेफर प्रोजेक्ट र सिड संस्थाको संयुक्त प्रयासमा परियोजना सञ्चालन भइरहेको छ । उपभोक्ता समिति गठन कार्यक्रममा पालिका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष साबित्रा विश्वकर्मा, वडाध्यक्षहरू नन्दलाल वली, टेकबहादुर वली, डम्बर सिरिस मगर, महावीर चौधरी, चिन्तामणि शर्मा, खड्गबहादुर कवरले बोल्नुभएको थियो ।

परियोजनाका बारेमा कार्यक्रम अधिकृत महेश आचार्यले जानकारी गराउनुभएको थियो । आर्थिक वर्ष २०७७÷०७८ देखि बबई गाउँपालिकामा बबई कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सुरु भएको हो ।

पालिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका सात वटै वडामा गठन भएका विभिन्न कृषि समूहका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । भेलाको सहजीकरण परियोजना संयोजक हिरालाल खड्काले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्