हरिवंशको ‘ए कालु भेना’ मा नाजिर र आँचल (भिडियो)



काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा निकै सक्रिय रहेका छन् । उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोकिलो लेउ’ केही समय अगाडि सार्वजनिक भएको थियो ।

अहिले भने आचार्यको स्वर रहेको अर्को गीत ‘ए कालु भेना’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् । हरिवंशकै शब्द तथा सङ्गीत रहेको गीतमा किरण तुलाधरको एरेन्ज छ । भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलको अभिनय देख्न सकिन्छ ।  मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर विष्टले आकर्षक बनाएका छन् । गीतको आकर्षक भिडियो समेत बनको छ ।

गाउँघरको परिवेश र त्यहाँको माहोललाई समेटेर गम्भीरले भिडियोको निर्देशन र कोरियोग्राफी निकै आकर्षक गरेका छन् । हरिवंशका गीत र भिडियोबाट अपेक्षित सन्देश भिडियोमा प्राप्त गर्न सकिन्छ । वराज उप्रेतीको छायाङ्कन रहेको भिडियो भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट रिलिज गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्