बाटो सम्म्याउन लाग्दा फोहरी राजनीतिको कारण वन कार्यालयमा उजुरी 



सिरहा, लहान । सिरहाको धनगढीमाई नगरपालिका १२ अहाले सिमलटोकी भन्ने ठाँउमा सार्वजनिक बाटोको लागि जेसिबीले माटो सम्म्याउन लाग्दा स्थानीय राजनीति कर्ता विजय महतोले स्थानीय मिश्रिलाल महतो  माथि सार्वजनिक वन फडानी गरेको झुटो आरोप लगाई श्रावण ३१ गते डिभिजन वन कार्यालय लहान र सब डिभिजन वन कार्यालय धनगढीमा मुद्दा दर्ता गराएका छन्।

पीडित मिश्रिलाल महतो गाउँलेका अनुसार पूर्ण रूपले सुकुम्वासी रहेको र गाउँकै स्कुलमा कार्यालय सहयोगीको काम गर्दै आफ्नो जीवन बेतित गरेका कुरा समाजमा जगजाहेर रहेका छन् ।

आरोपी महतो आफ्नो निजि जग्गा जमिन नहुँदा धनगढीमाई नगरपालिका १२ उहाले भन्ने ठाँउमा करिब ४५ वर्ष अगाडि देखी सार्वजनिक खोलाको करिब १० कठा ऐलानी जग्गामा खनजोत गरी जिबीको पार्जन गर्ने गरेका स्थानीयको भनाई छन्।


उक्त सार्वजनिक जग्गामा जान आउन अप्ठ्यारो भएकोले बाटोको लागि जेसिबीले माटो सम्म्याउन लाग्दा स्थानीय राजनीति कार्यकर्ता विजय महतो, राज नारायण महतो,रमा साह ,श्याम कुमारी महतोले पूर्वाग्रही भएर सुकुम्वासी महतो माथि चरित्र हत्या गर्न मुद्दा दर्ता गराएका छन्।

पीडित महतो माथि मुद्दा दर्ता गराउने गाउँका स्थानीय आफू लाई ठुलो नेता भनाउने विजय महतो लगायतका व्यक्तिहरूले आफ्नो निजी जग्गा जमिन हुँदा पनि सार्वजनिक वन फडानी गरी सार्वजनिक जग्गामा घर ,टहरा समेत बनाएर उपभोग गर्दै आएका छन् ।

गाउँका विजय महतो समाज सेवामा लागेका व्यक्ति र कुनै पार्टीको झणडा बोकेका महतोले झन् गरिब असहाई र भुमिहीन सुखुम्बासी जस्ता निमुखा जनतालाई सहयोग गर्ने ठाँउमा उल्टै लालछ्ना लगाई कसैको चरित्र हत्या गर्ने मन्साई कतिको जाईज रहेको हो।

पीडित महतोका अनुसार अरुको उन्ती प्रगति नहेर्ने राजनीति दलका प्रतिनिधिले आफू माथि राजनीति श्रयन्त्र र योजना बध तरीकाले आफू माथि राजनीति प्रहार नै गरेको दुखेसो पत्रकारलाई गुहार मागदै आफू माथि लागाएको झुटो आरोप सफाईको लागी पत्रकारलाई सुनाएका थिए।

नेता महतो समाजमा पहिला देखिनै बदनाम भएको व्यक्ति हो स्थानीयको आरोप छ्।समाजमा पक्षपातको राजनीति समेत गर्दै समाजमा एक अर्कामा समाजीक मेल मिलापमा खल्ल र बाधा दिने गरेका छन्।

कुनै पनि राजनीति पार्टीले सभिय र समाजलाई सेवा गर्ने बौद्धिक ब्यक्तीलाई पार्टीले महत्त्व र समान गर्ने गरेका राजनीति पार्टीको बिधान मै उल्लेख गरेका छन्।उक्त विजय महतो जस्तो फोहरी राजनीति कार्यकर्ताले समाजको लागी घातक नै रहेको पीडित महतोले पत्रकारलाई बताएका छन्।आरोपी पीडित महतोका अनुसार आफू माथि लगाएको मुद्दा उठाउन र समाजमा मेलमिलाप गर्न आग्रह गरेका छन् ।

आरोपी महतो पनि पछीबाट डिभिजन वन कार्यालयमा सफाईका लागी निवेदन दर्ता गराएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्