ब्यवसायि श्रेष्ठ अपहरणका बारेमा छिटै सत्य तत्थ्य बाहिर आउछ – डिआईजी कायस्थ ।। सुचना दिनेलाई १ लाख पुरस्कार ।।



 

kummmm

बिमल गौतम

तुलसीपुर ,३० जेठ

मध्यपश्चिम प्रहरि प्रमुख डिआईजि बिजय कायस्थले तुलसीपुरका ब्यवसायी राजकुमार
श्रेष्ठका बारेमा चाडै सत्य तत्थ्य बाहिर आउने बताउनु भएको छ । रिपोटर्स क्लब
नेपाल दाङले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कारमा बोल्दै डिआईजि
कायस्थले श्रेष्ठ घटनाका बारेमा सुक्ष्म अध्यण भै रहेको भन्दै दुई चार दिनमै
सत्य तत्थ्य बाहिर आउने बताउनु भएको हो । शुक्रबार देखि अपहरणमा पर्नु
भएका तुलसीपुरका प्रतिष्ठीत ब्यवसायि श्रेष्ठको खोजिमा राज्यले आफना सवै
संयत्र परिचालन गरेको समेत बताउनु भयो । घटना किन र के का लागी भएको हो
भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको भन्दै अहिले नै यसै भन्न सक्ने
अवस्था नरहेको बताउनु भयो । डिआईजि कायश्थले घटनामा महिलाको प्रयोग
भएको हुन सक्ने भन्दै तर महिला भए नभएको बारेमा कसैले नदेखेको हुदा
अहिले नै भन्न नसकिने बताउनु भयो । रिपोर्टर्स क्लव नेपाल दाङका अध्यक्ष शरद
रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा बोल्दै डिआईजि कायस्थले घटना भए
लगत्तै देखि दाङ र सल्यानको प्रहरि परिचालन गरेर खोजि कार्य तिव्र पारिएको
समेत बताउनु भयो । खोजि कार्य अन्र्तगत सोमबार प्रहरिले कुकुरको समेत
प्रयोग गरेको तर प्रभावकारि नभएको कायस्थले बताउनु भयो । डिआईजि
कायश्थका अनुसार राप्ती अंचल प्रहरि प्रमुख ज्ञान बिक्रम शाहको संयोजकत्वमा दाङ
जिल्ला प्रहरि प्रमुख , बाके जिल्ला प्रहरि प्रमुख र सल्यान जिल्ला प्रहरि प्रमुख
सदस्य रहेको अनुसन्धान समिति समेत बनाएको छ । साक्षात्कारमा बोल्दै
डिआईजि कायस्थले प्रहरिले घटनामा संलग्न भएको हुन सक्ने भन्दै २ जना
ब्यक्तिहरुको स्केच तयार गरि सार्वजनिक गरेको छ । साथै प्रहरिले घटनाको
बारेमा सुचना दिने ब्यक्तिलाई नगद एक लाख पुरस्कार दिने समेत बताएको छ ।

साक्षात्कारमा बोल्दै डिआईजी कायस्थले दोस्रो चरणको निर्वाचन अन्र्तगत
असार १४ गने हुने निर्वाचनका लागी मध्य पश्चिम संवेदनशिल क्षेत्रमा पर्ने भन्दै
सोहि अनुसार प्रहरि परिचालन गर्ने तयारी भै रहेको बताउनु भएको छ ।
निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागी प्रहरि तयारि अवस्थामा
रहेको समेत उहाँले बताउनु भयो ।

कार्यक्रमको सहजीकरण क्लवका कोषाध्यक्ष बालाराम खडकाले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्