मुख्य समाचार

ब्यवसायि श्रेष्ठ अपहरणका बारेमा छिटै सत्य तत्थ्य बाहिर आउछ – डिआईजी कायस्थ ।। सुचना दिनेलाई १ लाख पुरस्कार ।।

By थाहा अनलाइन

June 13, 2017

 

बिमल गौतम

तुलसीपुर ,३० जेठ

मध्यपश्चिम प्रहरि प्रमुख डिआईजि बिजय कायस्थले तुलसीपुरका ब्यवसायी राजकुमार श्रेष्ठका बारेमा चाडै सत्य तत्थ्य बाहिर आउने बताउनु भएको छ । रिपोटर्स क्लब नेपाल दाङले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कारमा बोल्दै डिआईजि कायस्थले श्रेष्ठ घटनाका बारेमा सुक्ष्म अध्यण भै रहेको भन्दै दुई चार दिनमै सत्य तत्थ्य बाहिर आउने बताउनु भएको हो । शुक्रबार देखि अपहरणमा पर्नु भएका तुलसीपुरका प्रतिष्ठीत ब्यवसायि श्रेष्ठको खोजिमा राज्यले आफना सवै संयत्र परिचालन गरेको समेत बताउनु भयो । घटना किन र के का लागी भएको हो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको भन्दै अहिले नै यसै भन्न सक्ने अवस्था नरहेको बताउनु भयो । डिआईजि कायश्थले घटनामा महिलाको प्रयोग भएको हुन सक्ने भन्दै तर महिला भए नभएको बारेमा कसैले नदेखेको हुदा अहिले नै भन्न नसकिने बताउनु भयो । रिपोर्टर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा बोल्दै डिआईजि कायस्थले घटना भए लगत्तै देखि दाङ र सल्यानको प्रहरि परिचालन गरेर खोजि कार्य तिव्र पारिएको समेत बताउनु भयो । खोजि कार्य अन्र्तगत सोमबार प्रहरिले कुकुरको समेत प्रयोग गरेको तर प्रभावकारि नभएको कायस्थले बताउनु भयो । डिआईजि कायश्थका अनुसार राप्ती अंचल प्रहरि प्रमुख ज्ञान बिक्रम शाहको संयोजकत्वमा दाङ जिल्ला प्रहरि प्रमुख , बाके जिल्ला प्रहरि प्रमुख र सल्यान जिल्ला प्रहरि प्रमुख सदस्य रहेको अनुसन्धान समिति समेत बनाएको छ । साक्षात्कारमा बोल्दै डिआईजि कायस्थले प्रहरिले घटनामा संलग्न भएको हुन सक्ने भन्दै २ जना ब्यक्तिहरुको स्केच तयार गरि सार्वजनिक गरेको छ । साथै प्रहरिले घटनाको बारेमा सुचना दिने ब्यक्तिलाई नगद एक लाख पुरस्कार दिने समेत बताएको छ ।

साक्षात्कारमा बोल्दै डिआईजी कायस्थले दोस्रो चरणको निर्वाचन अन्र्तगत असार १४ गने हुने निर्वाचनका लागी मध्य पश्चिम संवेदनशिल क्षेत्रमा पर्ने भन्दै सोहि अनुसार प्रहरि परिचालन गर्ने तयारी भै रहेको बताउनु भएको छ । निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागी प्रहरि तयारि अवस्थामा रहेको समेत उहाँले बताउनु भयो ।

कार्यक्रमको सहजीकरण क्लवका कोषाध्यक्ष बालाराम खडकाले गर्नु भएको थियो ।