यस्ता छन प्रदेश ५ लाई समृद्धि बनाउने मुख्यमन्त्री पोख्रेलका ६० बुँदा ?(सुचिसहित)



सैघाली खबर,फागुन ४, काठमाडौँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ समृद्ध बनाउने खाका सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री पोख्रेलले पदभार ग्रहणलगत्तै पत्रकार सम्मेलन गरी प्रदेश ५ समृद्ध बनाउने खाका सार्वजनिक गरेका हुन्।

उनले प्रदेश ५ का जिल्लाहरूको विकासलाई समान हिसाबले विकास गर्दै अघि बढ्ने सपना देखेको बताए। ‘परिवर्तन संभव छ हाम्रै पालामा, सक्षम, सबल र नमुना प्रदेश बनाउँछौँ’, उनले भने, ‘प्रदेश ५ लाई मिनी नेपालको रूपमा विकास गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याउनेछौँ।’ उनले प्रदेश ५ को आफ्नो टिमले यस प्रदेशलाई समृद्ध बनाउनका लागि एकबद्ध भएर अघि बढ्ने योजना सुनाए।

राष्ट्रसेवक कर्मचारीलाई प्रदेश निर्माणको अभियानमा लगाउने भन्दै उनले प्रदेश निर्माणमा उच्च योगदान पु¥याउने कर्मचारीलाई विशेष स्थान दिइने बताए। प्रदेश राजधानीको प्रसंग निकाल्दै उनले प्रदेशको राजधानी नभएकामा कसैले चिन्ता लिन नहुने बताउँदै भने, ‘प्रदेश राजधानी भएन भनेर चिन्ता गर्नुपर्दैन, त्यसैअनुसारको विकास सबै क्षेत्रमा हुन्छ।’

मुख्यमन्त्री पोख्रेलले प्रदेशको राजधानी हेर्नलायक बनाउने बताउँदै भने, ‘२०–२५ वर्षपछि पनि हेर्नलायक स्थानलाई राजधानी बनाउने हो, सबैलाई चित्त बुझ्ने गरी नै राजधानी बन्छ।’ उनले प्रदेशका ३ क्षेत्र लुम्बिनी, राप्ती र भेरीका जनताको साझा मनोविज्ञान तयार गर्न आफूले भूमिका खेल्ने बताए।

यस्ता छन् मुख्यमन्त्री पोख्रेलका समृद्धिका सपना स्य सुन्दर र संभावनायुक्त प्रदेश निर्माण ।
य सिस्ने हिमालदेखि मर्चवारलाई समेट्ने ।

य सुस्तादेखि राजापुरसम्म समान विकास ।
य लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, स्वर्गद्वारी, पाणिनी, सुपादेउराली, रेसुंगा, धारापानी, पाण्डवेश्वर, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्षको विकास र संरक्षणमा विशेष ध्यान ।
य नौमुरे जलविद्युत आयोजना संचालनका लागि अध्ययन ।

य अशिक्षा, गरिबी, पछौटेपन, बेरोजगारी नियन्त्रण ।
य लुम्बिनी, राप्ती र भेरीका बासिन्दाबीच साझा मनोविज्ञानको विकास ।
य प्रदेश कानुन निर्माणलाई तीब्रता ।
य प्रदेशको वास्तविक स्थिति चित्र तयार पारिने ।

य प्रादेशिक योजना आयोग गठन गर्ने ।
य प्रदेशको आफ्नै बैंक र लगानी कोष स्थापना गर्ने ।
य जनताको पूँजी लगानी गरेर विकास गरिने ।
य प्रदेशबाहिरको र विदेशी लगानी भित्र्याउन विशेष पहल गरिने ।

य जनतालाई बचत संकलन गर्न प्रोत्साहन गरिने ।
य उत्पादकत्व र राजश्व वृद्धिमा जोड ।
य सुरक्षा निकाय सुदृढीकरण गर्दै अपराध शून्यमा झार्ने ।
य प्रदेशभर ई–गभर्नेन्स प्रणाली अपनाइने ।

य लुम्बिनी गुरुयोजना सम्पन्न गर्दै लुम्बिनी बृहत्तर गुरुयोजना कार्यान्वयनमा ल्याइने ।
य पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा शैक्षिक पार्क निर्माण ।
य प्रकृति अध्ययनको थलो बनाइने ।
य जगदीशपुर तालको संरक्षण गर्दै चरा अध्ययनको केन्द्र बनाइने ।

य स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सीमावर्ती क्षेत्रको नजिक हिल स्टेशनहरू निर्माण गरिने ।
य जातीय, भाषिक विविधतालाई समेट्दै विभिन्न स्थानमा होमस्टे निर्माण गरिने ।
य प्रदेशको कला, संस्कृतिको संरक्षण गर्दै प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिने ।
य प्रदेशभित्रका ऐतिहासिक स्थानहरूको घटना झल्काउने गरी अनुसन्धानमा सघाउ पु¥याउने ।

य जीतगढी किल्लाको संरक्षणमा ध्यान दिँदै पर्यटक आकर्षित गर्ने कार्यक्रम संचालन गर्ने ।
य जनयुद्धताकाका छापामार गतिविधि झल्काउने गरी संग्रहालय निर्माण गरी पर्यटकीयस्थल बनाउने ।
य परासीदेखि बर्दियासम्मको तराईमा पर्याप्त सिँचाइ सुविधा पु¥याउने ।
य राष्ट्रिय गौरवका आयोजना सिक्टा सिँचाइ, भेरी–बबई सिँचाइ आयोजनालाई छिटो सम्पन्न गर्ने ।

य परासी, रूपन्देही र कपिलवस्तुको सिँचाइ हुनेगरी कालीगण्डकी र वाणगंगा–सुरई डाइभर्सन निर्माण गर्ने ।
य ग्वारखोला हाइड्याम सम्पन्न गर्ने ।
य पहाडी क्षेत्रमा लिफ्ट र थोपा सिँचाइ योजना संचालन गर्ने ।
य कृषिलाई आधुनिकीकरण गर्दै प्रदेशलाई आत्मनिर्भर बनाउने ।

य वन पैदावारलाई जनतासँग जोडेर जनताको जीवनमा सुधार ल्याउने ।
य उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्ने र राज्यले सेवा सुविधा दिने ।
य प्रांगारिक र अर्गानिक खेतीमा जोड दिँदै ट्रेडमार्क लिएर विश्व बजारमा निर्यात गर्ने ।
य जडिबुटी संकलन, प्रशोधनलाई जोड दिँदै औषधि उत्पादनलाई प्रोत्साहन गर्ने ।

य प्रदेशभित्रको पूर्व–पश्चिम राजमार्गलाई ६ लेन बनाउने र हुलाकी राजमार्गलाई ४ लेन बनाउने ।
य पोखरा–लुम्बिनी र परासी–बर्दिया रेलमार्ग निर्माण गरी रेल संचालन गर्ने ।
य लुम्बिनीबाट अरू बुद्धस्थलसम्म मोनोरेल संचालन गर्ने ।
य पाल्पादेखि रोल्पासम्म पहाडी द्रूतमार्ग निर्माण गर्ने ।

य भैरहवा विमानस्थलको स्तरोन्नति सम्पन्न गरी नेपालगन्ज विमानस्थलको स्तरोन्नति गर्ने ।
य दाङको विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने ।
य विकट पहाडी क्षेत्रमा हेलिप्याड निर्माण गर्ने ।
य रोपवे र केवलकार संचालनको संभाव्यता अध्ययन गरी संचालन गर्ने ।

य शहरीकरण र बस्ती विकासलाई आधुनिक शैलीमा विकास गर्ने ।
य जनसंख्या वृद्धिलाई नियन्त्रण गर्ने ।
य भैरहवा–बुटवल, तुलसीपुर–घोराही र कोहलपुर–नेपालगन्जलाई ३ महानगरको रूपमा विकास गर्ने ।
य स्याटेलाइट उत्पादन पकेट क्षेत्र निर्माण गर्ने र ३ महानगरलाई जोडेर व्यापार प्रवद्र्धन गर्ने ।

य गाउँपालिकाका केन्द्रलाई साना शहरको रूपमा विकास गर्ने ।
य प्रदेशभित्रका शहरको आफ्नै मौलिकता झल्किने खालको शैली विकास गर्ने ।
य प्रदेशमा आधुनिक प्राविधिक विश्वविद्यालय स्थापना गर्ने ।
य अंचल अस्पताल र उपक्षेत्रीय अस्पतालाई विशेषज्ञ अस्पतालको रूपमा विकास गर्ने ।

य प्रदेशलाई डिजिटल प्रदेशको रूपमा विकास गर्न गुरुयोजना बनाउने ।
य विद्यालयस्तरदेखि नै कम्प्युटर शिक्षाका लागि जोड दिने ।
य प्रदेशका महत्त्वपूर्ण गन्तव्यहरूको प्रोफाइल इन्टरनेट संजालमा जोड्ने ।
य प्रदेशको आफ्नै डाटा सेन्टर स्थापना गर्ने ।

य अव्यवस्थित बसोवास र सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण गर्ने ।
य नदी उकास र तटबन्धलाई जोड दिँदै नदी संरक्षण गर्ने ।
य उद्योग क्षेत्रको पूर्वाधार विकासमा जोड दिने ।
य भन्सार नाकाहरूलाई आधुनिक बनाउँदै औद्योगिक करिडोरको रूपमा विकास गर्ने।thahakhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्