नेपाली काँग्रेस पर्वतका युवा नेता प्रविन गुरुङको पहलमा माझी बस्तीलाई राहत वितरण



पर्वत बिहादी । पछिल्लो समय सामाजिक कार्यमा व्यस्त नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य तथा युवा नेता प्रविन गुरुङले पर्वतको बिहादी गाउँपालिका ३ रानीपारिको इर्मिचौरमा रहेकोे माझी बस्तीमा पुगेर विभिन्न खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ ।

धेरै समय देखि बसोबास गर्दै आएको माझी बस्तीमा युवा नेता गुरुङले राहत सामाग्री लिएर जानुभएको थियो । नेता गुरुङको पहलमा पर्वत समाज अमेरिकाको सहयोग र नेता गुरुङको व्यक्तिगत सहयोगमा उक्त सामाग्री वितरण गरिएको नेपाल तरुण दल बिहादीका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो ।

पछिल्लो समय कोरोनाको माहारले उक्त माझी समुदायलाई खाद्यान्न लगाएका विभिन्न समस्या परेको भने खबर पाएपछि पर्वत समाज अमेरिकी को पहल र केही आफ्नो व्यक्ति लगानीमा राहत वितरण गरेको युवा नेता गुरुङले जानकारी दिनुभयो । उक्त राहत सामाग्री पाएपछि माझी बस्तीका बासिन्दा निकै खुसी भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्