सैघाली खबर,
घोराही ४ फागुन।
पछिल्लो समय बालबिबाह गर्नै को लहर नै देखिन्छ, पहिले पहिले पुण्यका लागी घर परिवारले बिहे गर्दिने चलन थियो भने अहिले आफै भागी बिबाह गर्नैको प्रचलन नै बनिसकेको महिला तथा बालबालीका कार्यलय दाङका साहायक महिला बिकास निरीक्षक तेजा गरैले भन्न्नु भयो।
बलबिबाह बिरुद्दको अभियान कार्यक्रम अन्तर्गत घोराहीका काठेकोहल सरस्वती माबी,रजेना माबी,शुभप्रभातमा कार्यक्रम गरीसकेको र अब आगामीी दिनमा अन्य अलि टाढाका बिद्यालयमा कार्यक्रम गर्ने योजनामा रहेको साहयक निरीक्षक गैरेले बताउनु भयो। बालबिबाहलाई रोकथाम गर्नका लागी यस्ता खाले कार्यक्रमले टेवा समेत पुर्याउने बताउनु भयो।
स्थानीय तहमा सबै कार्यक्रम कार्यक्रम र बजेट गइसकेकाले सामान्य तथा नियमीत कार्यक्रमहरु गरीरहेको र अब यस्ता कार्यक्रमहरु प्नि स्थानिय तह बाट सुरु हुने बताउनु भयो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।