सशस्त्र प्रहरीले १,०९५ जनाको लागि खुलायो बिज्ञापन, कुन पदमा कति जना माग्यो ? (सूचनासहित)



काठमाडौँ ।  सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुला भएको छ । शुक्रवार गोरखापत्रमा भर्ना सम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले जम्मा १,०९५ जनाको विज्ञापन खुला गरेको छ ।  साधारण समूह र उपसमूहतर्फ शसस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले विभिन्न पदका लागि नयाँ भर्नाको सूचना निकालेको हो ।

सूचनामा सशस्त्र प्रहरी निरीक्षक, सहायक निरीक्षकदेखि परिचरसम्म मागिएको छ । जसमा सशस्त्र प्रहरी निरीक्षक ७५, सशस्त्र प्रहरी सहायक निरीक्षक १३७ र जवानमा सबैभन्दा धेरै ७५५ जना माग गरिएको छ । आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुले आजैबाट असोज १० गते बेलुकी ५ बजेसम्म दरखास्त दिन सक्नेछन् । आवेदन शुल्क सबैभन्दा माथिल्लो तह इन्सपेक्टरका लागि १ हजारदेखि सबैभन्दा कम परिचरका लागि १ सय रुपैयाँसम्म तोकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्