विष्णु माझीका बारे भगवान भण्डारी लेख्छन् ” उनी आफ्नै स्वभाव र इच्छाले नखुलेकी हुन् “



गायिका विष्णु माझीले  गाउने प्रायः गीत हिट हुने गरेका उदाहरण छन् । नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढी पारिश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन ।

उसो त गायिका विष्णु माझीका गीतहरू हरेक पटक चर्चामा आउँछन्। गएको साता सार्वजनिक उनको नयाँ गीतले त झन् रेकर्ड नै बनाएको छ । उनी  अहिले चर्चाको शिखरमा छिन् ।

गायिका माझीले अहिले तीजको अवसर पारेर ल्याएको गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ले पनि अहिले राम्रो चर्चा बटुल्न सफल भइरहेको बेला सामाजिक सञ्जालमा विष्णु माझीकारबारे लेखेका बिचार … भगवान  भण्डारी यस्तो लेख्छन् ….

हामी एउटै गाउँको भएकोले धेरै जनाले विष्णु माझी को बारेमा केही बोल्नु पर्‍यो भन्नुभएछ । हाम्रो घर एकै ठाउॅं स्याङ्जा चापाकोट वडा न. ८ काली गण्डकीको किनारमा पर्छ। म गाउॅंमा हुँदा विष्णु अलि सानै थिइन् । यिनको बुवा तारा बोटे सँग राम्रो हेलमेल थियो । मैले दाइ भन्थेँ । उनको बुवाले पनि निकै मिठा गीत गाउनुहुन्थ्यो । जिस्काएर”” तारा बोटे बाटैमा लोटे ,टोपी खस्यो टिपिदेउ चाउकोटे”” भनेर दोहोरी उत्तर दिँदा मज्जाले हाँस्नुहुन्थ्यो।

पछि म काठमाडौँबाट फर्केर गाउॅंमा चाडबाटमा रोधी बस्दा पछाडि बसेर सलले मुख छोपेर गीत गाउॅंथिन् । त्यति खुलेर कसै संग बोल्दिन्थिन्। निकै लाज मान्थिन्। साथीहरूले कर गरेपछि मात्रै घरबाहिर निस्किने यिनको स्वभाव थियो कतै कार्यक्रममा बोलाए पनि जान्थिन् । गाउॅंमा हुने प्रतियोगिताहरूमा पनि भाग लिएको देखिन्थेन। त्यसैले मेरो बिचारमा अहिले उनि जे जसरी छिन् , फ्नै स्वभाव र इच्छाको कारण हो जस्तो लाग्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्