देउवाले बालुवाटार छाडे



सैघाली खबर,
काठमाडौं ४ फागुन, । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारस्थित सरकारी निवास छाडेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेको भोलिपल्ट देउवाले सरकारी निवास छाडेका हुन् ।

 

देउवाले दिउँसो एक बजेपछि निवास छाडेका हुन् । बालुवाटारस्थित निवासबाट देउवाले धेरैजसो सामान भने बिहीबार नै बुढानिलकण्ठस्थित निजी निवासमा लगिसकेका थिए ।

०७४ जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा असार ५ गते बालुवाटार सरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्