तुलसीपुरको मेडिकल सुपरीटेन्डेन्ट डा. सिंहलाई युवाको समूहले कालो मोसो दले



तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहलाई युवाको एक समूहले कालो मोसो दलेको छ । सर्जन परियारको नेतृत्वमा गएको दुई तिन जनाको समूहले १ :४५ बजे मेसुको कार्यकक्षमै कालो मोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका सुरेश काफलेले जानकारी दिनुभयो ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको एसपी काफ्लेले बताउनुभयको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री र गणेश खड्काका विरुद्धमा उजुरी परेको प्रहरीले बताएको छ ।

टाइफाइड भएको बिरामीको कल्चार चेकको व्यवस्था नभएको बताएपछि डा. विनोद सिंहलाई कार्यकक्षमै पुगेर मोसो दलेको एसपी काफलेले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्