गाई मारेको आरोपमा एक जना पक्राउ 



बझाङ । खप्तडछान्ना गाउँपालिकाबाट गाई मारेको आरोपमा स्थानीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय जनक आग्री रहेका छन् ।

आग्रीले गाउँपालिका–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई लगेर चिर्पटले हिर्काएर मारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ स्थित छात्र बस्ती गाउँको  फलामे पुलमा गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका जनकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले ८ गते बेलुकी खाेलेगडा लेकबाट करिब २ घण्टाको बाटो हिडाएर मारेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्