सर्जन र क्षेत्रीलाई अनेरास्वबियुको जिम्मेवारीबाट हटाउँदै एमालेको साधारण सदस्यता नरहने गरी कारबाही !



दाङ । राप्ती प्रादेशिक  अस्पतालको मेसु डाक्टर विनोद सिंहलाई कालो मोसो दल्ने एमाले भातृ सङ्गठन अनेरास्ववियुका जिल्ला अध्यक्षको दाबी गर्दै आएका सर्जन परियारलाई नेकपा एमाले दाङले साधारण सदस्यता नरहने गरी कारबाही गरेको छ । नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेर र सचिव मनोहर बुढाथोकीले आज एक प्रेस विज्ञप्ति जारी गरेर अस्पतालका चिकित्सक र कर्मचारीको मनोबल बढाउनुको साटो घृणित कार्यमा संलग्न भई कानुन हातमा लिने परियार र दिवस क्षेत्रीलाई अनेरास्वबियु र पार्टीको जिम्मेवारीबाट हटाइएको र एमालेको साधारण सदस्यता समेत नरहने गरी कारबाही गरिएको बताउनु भयो । साथै उहाँहरूले विज्ञप्तिमार्फत कानुन हातमा लिने सो समूहलाई कानुन बमोजिम कारबाही गर्न जोडदार माग गर्नुभयो ।

कालो मोसो दलेपछि चिकित्सकहरूले आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने अस्पताल विकास समितिको निर्णय गरेका छन् ।
परियारले शुक्रवार दिउँसो अस्पताल जस्तो अति सबेंदनसिल क्षेत्रमा प्रवेश गरी मेसुको कार्यकक्षमै मोसो दलेर फरार रहेको प्रहरीले बताएको छ।
दोषीको खोज कार्य भइरहेको समेत स्थानीय इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिअसपि श्याम अर्यालले जानकारी दिए । दोषीमाथि तत्काल कारबाही गर्न माग चौतर्फिरुपमा गरिएको छ ।                   

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्