जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले मधेस आन्दोलनका सहिद परिवार र घाइतेहरूलाई आज एक कार्यक्रम बिच सम्मान गरेको छ।
जनकपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवार तथा घाइतेहरूलाई गम्छा ओढाई सम्मान गर्नु भएको हो ।
उक्त अवसरमा अध्यक्ष यादवले शहीद परिवारलाई आफनै परिवार बुझी उनीहरूको भरण पोषण तथा घाइतेहरुकोृ उपचारको जिम्मा प्रदेश सरकारलाई लिन निर्देशन दिनु भएको हो ।
उहाँले भन्नु भयो ,‘ सहिद परिवारलाई रोजगारी दिने क्रममा केही परिवार छुटेको छ । त्यसलाई अविलम्ब दिनु पर्दछ । यसमा प्रदेश सरकारले नाइनुकुर गर्न मिल्दैन ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक कारणले केही सहिद परिवार रोजगारी पाउन नसकेको उल्लेख गर्नु हुँदै बाँकी रहेको शहीद परिवारलाई छिटै रोजगारी दिने प्रतिबद्धता समेत जनाउनु भयो ।
उहाँले सहिद परिवारको रोजगारी तथा घाइतेहरूको भरणपोषणाको लागी प्रदेश सरकारले बजेट विनियोजन गरी सकेको जानकारी समेत गराउनु भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।