बझाङ । जिल्लाको सिमखेतमा रहेको जिल्ला अस्पतालमा आज स्वास्थ्य कार्यक्रमको प्रगति सम्बन्धी वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
जिल्लामा रहेका १२ वटा स्थानीय तहहरूका स्वास्थ्य प्रमुखहरुलाई जिल्लमा बोलाएर मिति २०७७।०७८ को जिल्ला स्थित पालीका स्तरीय २ दिने गोष्ठी सम्पन्न भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा सञ्चालित गोष्ठीमा प्रत्येक पालीकाले गरेका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको विवरण प्रस्तुत गरिएको थियो ।
१२ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई प्रस्तुत गराउँदै,प्रथम दितृय तृतीय पुरस्कार दिएको हो । प्रतिसप्रदामा प्रथम जयपृथ्वी नगरपालिका प्रमुख जनक बहादुर सिंह दितृय थलारा गाउँपालिका पदम ओली तितृय वित्थडचिर गाउँपालिका कर्ण धामीलाई जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशी जिल्ला समन्वय समिति संयोजक खडक खड्काले प्रमाणपत्र सहित दोसल्लाले सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा जिल्ला अस्पताल प्रमुख भानुभक्त जोशी समन्वय संयोजक खडक खड्का प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा जिल्ला अस्पतालका प्रमुख डाक्टर लगायत सबै स्थानीय तहका स्वास्थ्य प्रमुख लगायत पत्रकार सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा आज कार्यक्रम समापन भएको नारायण जोशीले बताउनु भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।