काठमाडौं। अफगानिस्तानमा अमेरिकी सैनिकले इस्लामिक स्टेट (आईएस) माथि ड्रोन आक्रमण गरेको छ। पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बिबिसीले लेखेको छ। मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ।
आक्रमणमा अन्य साधारण नागरिकहरूलाई कुनै क्षति नभएको अमेरिकी सेनाले बताएको बिबिसीले उल्लेख गरेको छ। मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १ सय ७० भन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणका योजनाकार रहेको दाबी गरिएको छ।
नानगहार प्रान्तमा भएको आक्रमणमा आईएसको समूहका योजनाकारलाई निसाना बनाइएको खबरमा उल्लेख छ। ड्रोन आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नभएको अमेरिकाले जनाएको छ।
अमेरिकाको केन्द्रीय कमाण्डले जारी गरेको वक्तव्यमा निसानामै आक्रमण भएको र योजनाकार मारिएको दाबी छ। यसैबिच काबुलमा रहेको अमेरिकी दूतावासले सुरक्षा सचेतना जारी गर्दै काबुल विमानस्थलको गेट आसपासमा रहेका आफ्ना नागरिकसहितलाई तत्काल सुरक्षित ठाउँमा जान भनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।