बझाङ जिल्ला स्तरीय क्षयरोग कार्यक्रमको कोहर्ट विश्लेषण तथा समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न



बझाङ जिल्ला स्तरीय क्षयरोग कार्यक्रमको काेहर्ट विश्लेषण तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बझाङ को आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका १२ वटै पालिकाले प्रतिनिधित्व गरेका थिए । कार्यक्रममा आव २०७७।७८ मा सञ्चालित क्षयरोग नियन्त्रण कार्यक्रम हरूको समीक्षा भएको स्वास्थ्य कार्यालय बझाङ का क्षयरोग फोकल पर्सन नारायण जोशी ले बताउनु भयो ।

आ व २०७७।७८ मा नयाँ बिरामी पत्ता लाग्ने दर ६७ प्रतिलाख रहेको र जम्मा १४९ जना क्षयरोगका बिरामी हुरेल जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा दर्ता भई उपचार लिएको र आ व २०७७।७८ मा बिरामीको उपचार सफलता दर ८९ प्रतिशत रहेको छ विगत वर्षको तुलनामा यस वर्ष नयाँ बिरामी पत्ता लाग्ने दर १४ प्रतिलाख का दरले बढेको हो ।

नेपाल ले सन २०३५ सम्ममा क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष लिए पनि समुदायमा क्षयरोगका बिरामी हर धेरै रहेका तर उपचारको दायरा ल्याउन नसक्दा चुनौती थपिएको जोशी बताएका छन् । समाजमा क्षयरोग र क्षयरोगका बिरामी हरू प्रति को विद्यमान धारणा ले गर्दा धेरै नागरिक हरू अहिले पनि रोग लुकाएर बसेको र आगामी दिन हरूका सरोकार वाला सबै ले लुकेर रहेका बिरामी हरू लाई खोज्ने र तिनी हरू लाई उपचारको दायरामा ल्याउने किसिममा कार्यक्रम हरू सञ्चालन गरे मात्र लक्षमा पुग्न सकिने स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशी ले बताएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्