चिन्नी चोर एक भए पनि एमालेले निर्वाचन जित्छ



कपिलवस्तु । युवा सङ्घका राष्ट्रिय उपाध्यक्ष सुमन पुरीले आगामी निर्वाचनमा एमालेलाई सफलता हुने गरी काम गर्न निर्देशन दिनु भएको छ । गोरुसिङ्गे सङ्गम प्यालेस होटेलमा युवा सङ्घको नगर स्तरीय भेलाको सम्वोधन गर्दै जति ठुलो गठबन्धन भए पनि एमालेलाई हराउन फलामको चिउरा चपाउन पर्ने बताउनु भयो । एमाले अझै बलियो भएर अगाडी गएको छ ।

हरेक कार्यक्रममा दैनिक रूपमा एमाले प्रति आकर्षण बढेकोले पार्टी प्रवेश गर्नेको लहर चलेको पुरीले बताउनु भयो । अहिले चिन्नि चोर सबै एक भएका छन् तर पनि एमाले कमजोर नभएको उहाँको भनाइ थियो कार्यक्रममा सम्बोधन गर्दै एमाले प्रदेश सचिवालय सदस्य तथा कार्यालय सचिव बलराम अधिकारीले एमाले प्रति सामाजिक मानिसको अफवाह फैलाउन फुटको हल्ला फिँजाउने सामाजिक सञ्जालमा जथाभाबी लेख्ने गरेको बताउनु भयो ।

अफवाह फैलाउनेको विरुद्धमा उत्रिन युवा सङ्घ तयार भएको दाबी गर्नु भयो । एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य झविलाल पोख्रेलले आगामी निर्वाचनमा कपिलवस्तुमा एक्लो एमालेको विजय हुने विश्वास दिलाउनु भयो । भेलालाई एमाले नेता चक्रपाणि अर्यालले स्वागत, गोविन्द प्रसाद आचार्य (विकास)को सञ्चालन र युवा सङ्घ कपिलवस्तुका संयोजक विजय कुँवर अध्यक्षतामा सम्पन्न भएको थियो ।

भेलाले सन्तोष पोख्रेल अध्यक्षतामा ४३ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीमा हरि पराजुली उपाध्यक्ष, देवेन्द्र खड्का सचिव, भुमा जिसी सहसचिव, प्रकाश घर्ती कोषाध्यक्षमा निर्विरोध चयन हुनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्