कोकाकोलाका १० अचम्मका कुरा



सामान्यतया को भिने कोकाकोला नेपालमा मात्रै होइन संसारमै सबै भन्दा बढी बिक्री पेय पदार्थमा पर्दछ । तपाईँले खाने र मन पराउने कोकाकोलाका बारेमा तपाईँलाई पनि धेरै कुरा थाहा नहुन सक्दछ ।
यहाँ कोकाकोलाका बारेमा केही रोचक जानकारी समावेश गरिएको छ ।

१.कोक संसारकै सबै भन्दा वितरण हुने पेय पदार्थ हो । कोका विश्वका २०० वटा भन्दा बढी देशकमा बिक्री गरिन्छ । यति देश त संयुक्त राष्ट्र सङ्घमा पनि सदस्य छैनन् ।

२. सन १८६० मा अमेरिकी बजारमा आएको कोलकाला शुरुमा नर्भ टोनिकका रूपमा बजारमा ल्याइएको थियो ।
यसलाई ‘मोर्डन सिभिलाइजेसन’बाट पीडित मानिसलाई औषधीका रूपमा खुवाइन्थ्यो ।

त्यतिखेर धरै मानिसहरू न्युरोस्थानिया भनिने मानसिक रोगबाट पीडित थिए । यस्ता रोगलाई न्युरो टिक वा साइकोसोमाटिक पनि भनिन्थ्यो। कोकाकोकाले यस्ता रोगी ठिक पार्थ्यो।

३. पहिले पहिले कोकाकोलाले अपियम र मर्फिनको लतको समेत उपचार गर्ने बताइन्थ्यो ।
किर सम्म भने चर्चित मनोविज्ञानका ज्ञाता सिग्मण्ड फ्रायम समेत कोकाकोलाका ठुला प्रशंसक थिए। फ्रायडले कोकाकोला खाँदा डिप्रेसन ठिक भएको र यौन क्षमता बढाएको बताएका थिए।

४.कोका कोला बजारमा आउँदा कोकाबाट ट्याबलेट, वाइन, इंजेक्सन र चुरोट बनाउने गरिन्थ्यो।

५.कोकाकोलाको ‘कोला’ कहाँ बाट आएको तपाईँलाई खुल्दुली हुन सक्छ। कोला अफ्रिकामा पाइने कोला नटबाट लिइइएको हो।
अफ्रिकामा सयौं वर्ष देखि मानिसहरुले प्रयोग गर्दै आएको कोला नट औषधीका रूपमा समेत चर्चित छ।

६.कोकाकोला सबै भन्दा पहिले कोला वाइनबाट बनेको हो। तर आजकल भने यो अल्कोहल फ्रि छ।

७.कोकाकोला पत्ता लगाएका जोन पेमबर्टनले कोला वाइनबाटै कोकाकोला बनाउनु कारण थियो उनको मर्फिनको लत । पछि कोका कोलाले उनको दुखाइ र रोग समेत निको पारेको थियो ।

८.कोका कोलाको विज्ञापनमा देखिने पहिलो सेलोब्रेटी थिए गायीका हिल्डा क्लार्क र ओपेरा स्टार लिलियन नोर्डिका ।

९.दोस्रो विश्वयुद्ध ताका कोका कोलाले आफूलाई ‘सोल्जर्स ड्रिंक’ अर्थात सैनिकाको पेय पदार्थको रूपमा बजारमा ल्याएको थियो ।

१०. आजकल हामिले क्रिसमसको समयमा बढी देख्ने सन्ताक्लजको आकार र स्वरुपको निर्माता पनि कोकाकोला नै हो । सन १९३० मा कोकाकोलाले गरेको विज्ञापनमा सन्ता क्लज देखाइएको थियो। आजकल सोही स्वरुपको सन्ताक्लजलाई संसारभर अपनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्