मरे पछि के हुन्छ ? पत्याउनै नसकिने वैज्ञानिक तथ्य



जीवनको रहस्य बुझ्ने ईच्छा कसलाई हुँदैन र ? अनि अमर हुन पाए हुन्थ्यो भन्ने ईच्छा पनि धेरै मान्छेको मनमा पलाउँछ । हामी अधिकांश मानिसहरु सकेसम्म धेरै बाँच्न चाहान्छौँ तर जीवनको वास्तविकता मृत्यू हो । जो जन्मन्छ ऊ अवश्य मर्छ । उसो भए हामीमा जुन ‘म’ भन्ने भावना आउँछ त्यो मृत्यू पछि रहन्छ कि रहँदैन ? हाम्रो आत्मा मर्छ कि मर्दैन ? आज हामी यसै विषयमा वैज्ञानिक तथ्य सहित चर्चा गर्दैछौँ ।

जबसम्म हामी जीवित हुन्छौँ तब हामीमा ‘म’ अथवा म छु भन्ने भावना सधैँ रहन्छ । जसलाई हामी Consciousness भन्छौँ । अब प्रश्न यो आउँछ कि के मृत्यू पछि पनि हामी छौँ वा म छु भन्ने भावना जीवित रहन्छ त ? यस सम्बन्धमा संसारमा रहेका ४ हजार २ सयभन्दा बढी धर्महरुले कहिँ न कहिँ कुनै न कुनै रुपमा मृत्यूपछिको जीवनलाई पनि व्याख्या गर्ने प्रयाश गरेको देखिन्छ । तर हरेक धर्मले फरकफरक तरिकाले त्यसको व्याख्या गरेको देखिएको छ जसबाट पनि हामी सही रुपमा मृत्यूपछिको रहस्यलाई बुझ्न सक्दैनौँ ।

Source : The Atlantic

तर संसारमा यस्ता मानिसहरु छन् जो आफुलाई मरेर पनि बाँचेको बताउँछन् । यदाकदा चलचित्रमा मात्र सुन्न र देख्न पाईने यस्ता मानिसहरु वास्तविक जीवनमा पनि हाम्रा नै वरिपरि हुनसक्छन् जसलाई हामीले कहिलेकाँही हावा भनेर त्यसै खिसी गर्छौँ । तर वास्तवमा त्यस्ता मान्छेहरु वास्तविक रुपमै भएको कुरालाई विज्ञानले पनि नकार्न सक्दैन । यसलाई आधुनिक युगमा एन.डि. ई. (NDE) अर्थात नियर डेथ एक्सपेरियन्स (Near Death Experience) भनिन्छ । यस्तो करौँडौँमा केही व्यक्तिलाई मात्र हुने गर्छ । हाम्रो नेपालमा पनि मृत्यू पश्चात पूनः जन्मिएको र परिवार पुरैलाई चिनेको जस्ता कुराहरु बेला बेलामा सुनिन्छ । त्यस्तै कोही कोहीले बिरामी भएको बेलामा अथवा राति सपनामा आफ्ना पुर्खालाई वा मरिसकेको आफन्तलाई देखेको बताउँछन् । यसबाट पनि नियर डेथ एक्स्पेरियन्स् हामीमाझ नै कोही कोहीले आभास गरेको प्रमाणित गर्न सक्छौँ ।

मृत्यूको मुखमा पुगेर फर्केका बताउने धेरैले आफुलाई उडेर कुनै संसारमा गएको जस्तो आभाष भएको बताउँछन् र फेरि आफ्नै शरिरमा फर्किएको आभाष गर्ने गरेको बताउँछन् । सन् २०११ म भारतमा भएको एक घटनामा एक व्यक्तिलाई अप्रेशनकै समयमा मृत घोषित गरियो तर पछि ऊ बाँच्न सफल भयो । उनले आफुले म छु भन्ने आभाष मात्र त्यो बेलामा गरेको बताए । त्यस्तै एक युवकको उपचारका लागि एम्बुलेन्स्मा लिएर जाँदै गरेको अवस्थामा मृत्यू भयो तर उनी ३ मिनेटपछि फेरि होसमा आए । त्यस समयमा उनले आफुलाई शरिरबाट निस्किएर आकाशमा उडेको आभाष गरेको र एम्बुलेन्स्मा आफ्नै शरिर देखेको बताए । उनको कुरालाई प्रमाणित गर्नका लागि उनीलाई उनी मृत अवस्थामा भएका बेलाका धेरै कुराहरु सोधियो जसलाई उनले खरखर भनिदिए ।

Source : The Atlantic

यस्ता धेरै घटनाहरुका बारेमा सोधकर्ताहरुले खोज गरेका छन् । विभिन्न समयमा गरिएका अनुसन्धानका क्रममा त्यस्ता मानिसहरुमध्ये धेरैले देख्ने गरेका समान कुराहरुमा सुरुङ समान रुपमा पर्छ । धेरैजसो एनडीइ आभाष गरेका व्यक्तिहरुले आफु सुरुङमा गएको आभाष गरेको बताएका छन् । त्यस्तै अर्को समान कुरामा आफ्नो शरिरलाई आफैले माथिबाट वा केही दुरीबाट देख्नु पनि हो । धेरै जसो मानिसले आफ्नै शरिरबाट आफु उडेर गएको आभाष गर्छन् भने केहीले भने केही नभएको अर्थात अन्धकार महशुस गर्छन् । तर त्यो अन्धकारमा पनि म भन्ने भावना चाहिँ आफैलाई महशुस गर्छन् ।

Source : ok.ru

यसबाट के प्रमाणित गर्न सकिन्छ भने केही नभएको समयमा पनि म भन्ने भावना चाहिँ जिवित रहन्छ जसका आधारमा हामी हाम्रो आत्मा मृत्यू पछि पनि जिवित रहन्छ भन्ने कुरालाई नकार्न सक्दैनौँ । यी कुराहरु सुन्दा बकम्फुसे लागेपनि संसारमा यस्तो रहस्य हाम्रै वरिपरि छ । वास्तविक रुपमा सतप्रतिशत यही हो भन्न कसैले सक्दैन तर यति चाहिँ भन्न सकिने आधारहरु छन् कि शरिर नष्ट भए पनि म भन्ने भावना अर्थात कन्सियसनेस चाहिँ रहिरहन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्