म हैन हामी भन्न सिकौँ



वास्तवमा हाम्रो देशको धरहरा उहिल्यै बनिसकेको थियो भन्ने कुराको त इतिहास साक्षी नै छ। कसले बनाए भन्ने कुरोमा गइरहनु पर्ने जस्तो लाग्दैन। जुन कुरो इतिहासमा लेखी सकेको छ सुनौलो अक्षरले कसैले इतिहास म मेट्छु भन्छ भने स्वयम उ आफै मेटिन्छ।खोजी नीति गर्ने हो भने प्रशस्त प्रमाणहरू पाइन्छन्।

धरहरा नेपालको राजधानी काठमाडौँको सुनधारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो। वि.सं. १९९० भन्दा पहिला यसमा ११ तल्ला थियो यसको बार्दली नवौँ तलमा रहेको थियो तर १९९० माघ २ मा आएको महाभूकम्पको कारणले बार्दली भन्दा माथिको १०-११ तला भत्किएको थियो र ९ तल्लाको रहेको थियो।

पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपीले नष्ट भई इतिहास बन्न गयो। [१] धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए। उनले यसको निर्माण महारानी त्रिपुरा सुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगाएका थिए। भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ।

सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो। वास्तवमा २०७२ सालको वैशाख १२ गते विनाशकारी भूकम्पले नेपालको ऐतिहासिक धरहरा नष्ट पार्‍यो जसको चस्मादित गवा त तपाई हामी नै काफी छौ।गलत त्यो बेलामा भैसकेको थियो जुन बेला मै बनाउँछु मेरो धरहरा भन्ने स्वार्थी घमण्डी शब्द प्रयोग गरेर।

किनकि त्यो बेलामा हामी बनाउँछौ हाम्रो धरहरा भनेको भए यहाँ व्यक्तिगत स्वार्थले तपाई हाम्रो मनमा डेरा जमाउने पक्कै थिएन होला हाम्रा मनमा स्वार्थका कालो बादलले मडारिने मौका पाउँदैन थियो होला। विनाशकारी भूकम्पले देशका सबै संरचनाहरू नष्ट भएर गए जसको पुनः निर्माण गर्नु तपाई हाम्रो दायित्व मात्रै होइन कर्तव्य पनि हो।

जसले सत्ताको बागडोर समाल्छ उसैले नेतृत्व गर्नु पर्ने हुन्छ किनकि म भ्याउँदिन समय दिन तिमी गर मेरो सट्टा भनेर जनमत दिइसकेका छौ। हाम्रो प्रतिनिधित्व गरेर जानेले मैले बनाए भन्नु कति न्यायसङ्गत होला! ठुलो छाती गरेर हामीले बनायौ अर्थात् नेपाली जनताले बनाए भन्न किन सक्दैनौ ? आखिर जनताले तिरेको करबाट नै बनेको हो। आखिर नयाँ चिजत बनेको हैन!

हामी धरहरा मात्रै होइन रानीपोखरी पनि मैले बनाएको भन्न पछि परेका छैनौँ।वास्तवमा पहिल्यै बनिसकेको कुरालाई खाली हामीले त मर्मत सम्भार मात्रै गरेका हौ। ठुलो कुरा त हामीले के गर्नु एउटा नयाँ भैँसीले पानी खाने पोखरी त बनाउन सकेका छैनौँ। पुर्खाले एउटा घण्टा घर बनाइ दिए तर तपाई हामीले एउटा मिनेट घर र एउटा सेकेन्ड घर त बनाउन सकेका छैनौ।भावी सन्ततिले के के बनायौ? भनेर सोधे भने तै चुप मै चुप हुनुको विकल्प छैन।

हामी मैले बनाए भनेर धरहरा भन्दा ठुलो लामो नाक पार्छौ व्यर्थै। त्यो नाकको टुप्पोमा झिँगा बसेकै देख्दैनौ। खैत भिमसेन थापाले मैले बनाए कहिल्यै भनेनन्। यिनले पनि त्यसै गरी नाक फुलाएर बसेको भए आधुनिक नेपालको निर्माण हुने थिएन होला तपाई हामी कोही हिन्दी कोही चाइनिज कोही उर्दु त कोही अङ्ग्रेजी बोल्ने तिर हुन्थ्यो होला किनकि आधुनिक नेपाल हुने थिएन होला।

हामी हिन्दु धर्ममा आस्था विश्वास राख्नेहरू यो सबै भगवान्को सृष्टि हो भन्ने कुरोमा विश्वास राख्छौ खै त भगवान्ले मैले बनाएको यो सारा सृष्टि हो भनेर कुनै बस्तु चिजमा आफ्नो नाम पनि लेखेनन् मैले बनाए भनेर भनेनन् । हाम्रा यी दुइटा आँखाहरू बिच पनि झगडा भएर तैँले भन्दा मैले राम्रो देख्छु भनेकाले बिचमा नाक बनाएको हो नत्र यो नाक अन्त हाल्दा पनि हुन्थ्यो भनेर यसका जानकार पण्डितहरूले भन्दै आएका छन् ।

त्यसैले म हैन हामी भन्न सिकौँ आजै बाट त्यसैमा तपाई हामी सबै अटाउँछौ।
लेखक राज कुमार कार्की मे न पा-१५ ,झापा।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्