एकान्त टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न



दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित एकान्त टोल विकास संस्थाको नवौँ वार्षिक साधारण सभा आज शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शङ्कर गौतमको अध्यक्षतामा सम्पन्न साधारण भाले एकान्त टोल विकास संस्थाले पछिल्लो एक वर्षमा भए गरेका गतिविधि र आगामी कार्यक्रमबारे समेटेर संस्थाका सचिव हेमराज शर्माले प्रस्तुत गरेको  वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शरदकुमार आचार्यले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्व सहमतिले पारित गरेको छ ।

एकान्त टोल विकास संस्थाका उपाध्यक्ष शिवा शर्माको स्वागत मन्तव्यबाट साधारण सभामा लिलाधर पन्थी, वासुदेव खनाल, तारा गौतम, केशव खनाल इन्द्रमणि अधिकारी, टङ्क सुवेदी, हेमराज अधिकारी, नारायणप्रसाद शर्मा, नरदेव आचार्य लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमराज शर्माले गर्नु भएको थियो । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्