झलनाथ खनाल सोमबार दिल्लीबाट स्वदेश फर्किँदै



काठमाडौँ  ।  नेकपा एमाले विभाजनको पक्षमा रहेका नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन् ।  दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर सोमबार नेपाल फर्किन लागेका हुन् । स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल काठमाडौँ फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ । 

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो । 

एमाले विभाजन गरी एकीकृत समाजवादी गठनका लागि निर्वाचन आयोगले बुधवार नेताहरूको सनाखत समेत गर्न लागेको छ । 

खनालले नयाँ पार्टी गठनका लागि दिल्लीबाट सनाखतका लागि निवेदन दिएका थिए । तर, निर्वाचन आयोगले भने आयोगमै शरीर उपस्थित नहुनेलाई सनाखतमा समावेश गर्न नसकिने निर्णय गरेको छ। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्