अध्यक्षका श्रीमतीलाई शिक्षकमा नियुक्त गर्न अरूमाथि जालझेल



दैलेखका चामुण्डावीन्द्रासैनी नगरपालिका(२ को एक विद्यालयले राहत कोटामा नाम निकालेका शिक्षकलाई नियुक्ति नदिएर अल्झ्याइएको छ ।

चामुण्डावीन्द्रसैनी-२ बाँसठानामा रहेको भैरव माध्यमिक विद्यालयमा आफ्नी श्रीमतीलाई जागिर खुवाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रकुमार कँडेलले जालझेल गरिरहेका हुन् ।

५ चैत २०७७ मा विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सोही १० गते एक जना प्रावि राहत शिक्षकका लागि विज्ञापन आह्वान भएपछि १६ जनाको दरखास्त परेको थियो । दरखास्त दिएकामध्ये बाँकी १२ जना लिस्टबाट बाहिरिए । खगेन्द्र अधिकारी ८औँ नम्बरमा र अन्य तीन जना २३, ३४, र ३६ औँ नम्बरमा परे ।

८औँ नम्बरमा रहेका अधिकारीलाई नियुक्ति नदिएर विद्यालयले अल्झाएको छ । ‘मलाई नियुक्ति दिन छाडेर विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका आफन्तका लागि पद छोड्न भनियो,’ अधिकारीले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्