मेयरको डिजाइनमा तोड्फोड र अभद्र व्यवहार गरेको यातायात व्यवसायीको आ’रोप



लहान । यातायात मजदुरहरूले सिरहाको लहानमा बिहीबार देखि चरणबद्ध रूपमा  निरन्तर आन्दोलनमा उत्रिएका छन् । लहान नगरपालिका लगायत सो नगरपालिकाका नगर प्रहरी  र लहान  ट्राफिक प्रहरीविरुद्ध उनीहरूले प्रदर्शन गरिरहेका छन् । 

बिहीबार प्रहरीहरूले आधिकारिक रूपमा कुनै सूचना नदिई आफूहरूको काउण्टर भित्रबाट लाखौँ मूल्य बराबरको  सर – समान र कागजातहरू  जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको भनाई छ । कानुनी अनुमति पाएका आधिकारिक डाका जस्तो नाटकीय रूपान्तरणमा  दिउँसो एक हुलमा आई उक्त समानहरू एक्कासि लुटेर लगेको मजदुरहरूले बताएका छन् । कुनै पनि अफिसको कागज र समानहरू बर्दी लगाएर लग्नु अपराध भएको उनीहरूको ठहर छ ।

लहानका मेयर मुन्नी साह सुडि शावको डिजाइनमा पटक पटक  लहानका यातायात  ब्यवसायीहरुलाई नगर प्रहरी , ट्राफिक प्रहरीले दुःख दिने गरेको सगरमाथा बस व्यवसायी प्रावि लहानले जनाएको छ  ।

प्रालिका सम्पूर्ण पदाधिकारीहरूले शुक्रवार  लहान -८ स्थित  आफ्नै निजी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा जनाएको हो ।

 सिरहा जिल्लाको लहान नगरका प्रमुख सुडी ज्यु एउटा यस्तो मेयर हो जो जबरजस्ती निर्णय गराएर एकलौटी तवरले शासन लाद्ने  गरेको उनीहरूको बुझाई  छ । मेयर ज्युको अगाडि लहानको बुद्धिजीवीहरू केही हैन , उनी मात्र लहानमा नमुना पिस व्यक्ति भएको सामूहिक रूपमा व्यवसायीहरूले आक्रोश पोखे । 

मेयर शाव धेरै ज्ञानी मान्छे हो , उहाँको अगाडी लहानमा कोही बुद्धिजीवी र पढेलेखेको मान्छे नै छैन,  `व्यङ्ग्यात्मक तरीकाले  नाम नखोल्ने सर्तमा एक जना बस व्यवसायीको भनाई छ ।

,पटक पटक बस पार्कलाई व्यवस्थित गर्न नगरपालिका र यातायात व्यवसायी बिचमा औपचारिक र अनौपचारिक रूपमा सहमति भएको हो , हामी नगरपालिकाले  बसपार्क व्यवस्थित गर्न तयार छौ , प्रावि लहानका अध्यक्ष हरीनारायण यादवले बताए,  तर  यात्रुलाई सुविधा दिने हकमा हामी काउन्टर जहाँ पनि राख्न सक्छौ यो हामी व्यवसायी र यात्रुको अधिकार भित्र पर्छ भन्दै उनले भने – काउन्टरको भाडा नगरपालिकाले तिर्ने हैन त्यो हामीले तिर्ने हौ त्यो हाम्रो व्यक्तिगत अफिस जस्तै हो ।, 

काठमाडौँको कलङ्कीमा बसपार्क छ भने काउन्टर कोटेश्वर मा छ यदि बिर्सिनु भाको छ भने मेयर साहब र प्रहरीलाई हामी स्मरण गराउन चाहन्छौ, अर्का व्यवसायी अच्युत काफ्लेले बताए । मागको सुनवाइ नभएसम्म  लामो तीन सूत्रीय कानुन सर्बत माग राख्दै आन्दोलन चली रहने उनीहरूले सम्मेलन मार्फत  बताएका छन् । 

जायज मागको सम्बोधन हुनुपर्छ नाजायज माग हामी उठाउँदैनौ र राख्दैनौ संयुक्त रात्रिकालीन सेवा काउण्टरका शम्भु चौधरीले बताए । बसपार्क जहाँ भएपनी हामीलाई मतलब छैन हामी व्यवस्थित गर्न र नगर पालिकालाई सहयोग गर्न तयार छौँ  पुनः व्यवसायीहरूले दोहर्‍याए । यात्रुलाई सुविधा दिने वैकल्पिक पार्कहरू ठाउँ ठाउँमा दिएमा मात्र बसपार्क व्यवस्थित हुने र यात्रुहरूको अधिकार सुरक्षित रहने  उनीहरूले तर्क गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्